Online Bichar
शनिबार, जेठ २३, २०८३ | Saturday, June 6, 2026

झगेन्द्र खड्का
गौरादह, ४ वैशाख २०७८ । बिहिवार साँझ हावाहुरी सँगै आएको असिना पानीले गौरादह नगरपालिका वडा नं.८ को जुरोपानी क्षेत्रमा ठुलो क्षति पुर्याएको छ। हावापानी सँगै आएको असिनाले किसानले लगाएको बालि नष्ट गरेकोछ। बाक्लो गरि र धेरै बेर सम्म असिना आउदा किसानले लगाएको मकै,धान,,फलफूल, तरकारीमा क्षति भएको छ।

असिनाले केही ब्याक्तीहरुको घर तथा ग्वालीमा लगाएको टिनको छाना समेत प्वाल पारेको छ।लामो समय सम्म पानी नपरी खडेरी परेकाले बिग्रीन लागेको बाली एक्कासी असिना आउदा बाली नै सखाप भएको छ। किसानले ठुलो लगानीमा दुःख गरेर लगाएको बाली असिनाले सखाप पारेपछि नोक्सानी व्योहोर्नु परेको छ।

झापा जिल्लाको दक्षिणी क्षेत्रको प्रायजसो सबै स्थानमा असिना परेपनि अन्य ठाउँमा सामान्य क्षति भएपनि जुरोपानी क्षेत्रमा ठुलो क्षति भएको छ। जुरोपनी क्षेत्रमा बसोबास गर्ने सबै किसानको बालि नष्ट भएपनि भुमि राज पोख्रेलको करिब १० कठ्ठा जग्गामा लगाएको मकै सखाप भएको छ। सोही ठाउँमा बस्ने टेकराज दाहालको ग्वाली घरको टिनको छाना प्वाल पर्नुका साथै १० कठ्ठा जग्गामा लगाएको मकै नष्ट भएको छ। बिमला भण्डारीको घरको छाना बिग्रिनुको साथै ३ कठ्ठामा लगाएको मकै नष्ट भएको छ। नगेन्द्र न्योपानेको पनि ७ कठ्ठामा लगाएको मकै सखाप भएको छ। त्यस क्षेत्रमा रहेका सबै किसानले लगाएको भदैधान समेत नष्ट भएको छ।

किसानले उब्जाएको बालिको उचित मूल्य नपाएर ठगिएका किसानलाई प्रकृतिले समेत ठगेको किसानको भनाइ छ। किसानहरुका लागि राज्यको समेत ध्यान पुग्न नसकेको गौरादह-८ का किसान टेकराज दाहाल बताउँछन् । बालि लगाउने समयमा सहज रुपमा मल बिऊ नपाएर हैरान भएका किसानलाई प्रकृतिले समेत साथ नदिदा किसानहरु निराश भएको अर्का किसान बिमला भण्डारी बताउँछिन्।यस बर्ष लगाएको मकै पाक्ने समयमा असिना आउदा मकै सखाप भएर बिग्रिएको किसान नगेन्द्र न्योपाने बताउछन्।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments