Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरादह, २९ चैत २०७७ । गौरादह नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय अन्तर प्रा.वि चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी गौरादहको आयोजनामा संचालन भएको चित्रकला प्रतियोगितामा २१ बिद्यालयका ४१ जना बिद्यार्थी सहभागी भएका थिए।

शिक्षक संगठनले ४२ औ शिक्षक दिवसको अवसरमा आधारभूत तहमा १-५ का बिद्यार्थीहरु बिच प्रतियोगिता गराइएको थियो। प्रगति मा. वि मा संचालन भएको प्रतियोगितामा मदन आश्रित आधारभूत बिद्यालयका डेनिशा अधिकारी प्रथम, अरुणोदय आधारभूत बिद्यालयका श्रवण यादब दोस्रो, प्रगति मा.बि का मुना राजवंशी तेस्रो र जनता मा.बि. बिक्रम किस्कु चौथा भएका थिए।

बिजेता बिद्यार्थीहरुलाई प्रमाणपत्र र पुरस्कार बितरण गरिएको थियो।चित्रकला प्रतियोगितामा सहभागी अन्य बिद्यार्थीहरुलाई पनि मायाको चिनो स्वरूप पुरस्कार बितरण गरिएको थियो।

नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी गौरादहका अध्यक्ष लिला नाथ गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। प्रगति मा.बि का प्रधानाध्यापक तथा कार्यक्रमका प्रमुख अतिथि डिल्लीराम अधिकारीले बिद्यार्थीमा भएको कलालाई बिद्यार्थीहरु बिच प्रतिस्पर्धा गराई क्षामता प्रस्फुटन गर्ने अवसर दिएकोमा शिक्षक संगठनलाई धन्यवाद दिएका थिए। त्यस अवसरमा चित्रकला प्रतियोगिताका निर्णायक मदन राजवंशीले मन्तब्य राखेका थिए। कार्यक्रमको संचालन शिक्षक संगठनका सचिब दिपक सुबेदीले गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया