Online Bichar
सोमबार, मंसिर २५, २०८० | Monday, December 11, 2023

पत्रपत्रिकाबाट

काठमाडौं, ७ कात्तिक । नेपाली सेनाले करिब पाँच हजार थान अमेरिकी राइफल एम–१६ हतियार भित्र्याउने भएको छ । सेनाले यस वर्षका लागि झण्डै एक अर्ब रुपैयाँको अमेरिकी खजाना खरिद गर्न लागेको समाचार आजको अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा छापेको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि यस्तो राइफल खरिद गर्न लागेको सेनाले जनाएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व शान्तिमा खटिने सेनालाई आवश्यक पर्ने सामाग्रीको विधिसम्मत खरिदमा सरकारले सेनालाई सहयोग गर्ने बताएका थिए। खरिद प्रक्रिया भने उनी रक्षामन्त्री हुनुअगावै अघि बढेको थियो।
‘हतियार खरिदको विषय जीटूजी नै हुने गरी प्रक्रिया अघि बढेको होला,’ सैन्य प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘पछिल्लो जानकारी बुझ्नै पर्छ। हतियार खरिद हुने विषय सरकार–सरकारबीच नै सम्झौता हुने गरेको छ।’
तपाईको प्रतिक्रिया