Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौँ ,२७ फागुन २०७७ । सत्ता समीकरणको विषयमा छलफल गर्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक जारी छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा जारी बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद् अध्यक्षद्वय महन्त ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेताद्वय अशोक राई, राजेन्द्र महतो सहभागी छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोसँग गठबन्धनलाई लिएर वार्ता भएको थियो । त्यसअघि एमालेसँग पनि जसपा नेताहरुको वार्ता भएको थियो ।

तर, सत्ता समीकरणलाई लिएर एमाले र माओवादी केन्द्रको तानातानमा परेको जसपा भने आफैं अन्तरकलहमा फसेको छ । पूर्व राजपा नेताहरू एमालेलाई समर्थन गर्ने पक्षमा छन् भने समाजवादी पार्टी ओली नेतृत्वको सरकारसँग सहकार्य गर्न नहुने अडानमा छन् । त्यसकारण जसपाका शीर्ष नेताबीचको बैठकलाई चासोका साथ हेरिएको छ ।

यद्यपी रेशम चौधरीलगायतमाथि लगाइएका मुद्दा फिर्ता, मधेस, थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सवालहरु जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने पूर्वराजपा नेताहरुले बताउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया