Online Bichar
सोमबार, भाद्र ०८, २०८३ | Monday, August 24, 2026

सबिन खतिवडा
गौरादह, २७ फागुन । झापाको गौरादह– ४ पाटागाडा प्रणमीनगर देखि इलामको लारुम्बा सम्मको जागरण पदयात्रा प्रारम्भ भएको छ ।
श्री कृष्णप्रणामी मन्दिर गौरादह–४ स्थापनाको ५० औं बर्ष पूरा भएको अवसरमा आज महा शिवरात्रीको अवसर पारी त्रीदिवसीय जागरण पद यात्रा प्रारम्भ गरिएको हो ।

“शान्ति, सद्भाव,एकता र विकासका लागि जागरण पदयात्रा” भान्ने मूल नारा सहित प्रारम्भ गरिएको पदयात्रामा मन्दिर समितिका अध्यक्ष टहलदास सिवाकोटी सहित ७ जना प्रणमी धर्मावलम्बीहरु सहभागि रहेका छन् । अध्यक्ष सिवाकोटीका अनुसार धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने हेतुले पदयात्रा कार्यक्रम गरिएको हो ।

पदयात्रका क्रममा झापाको गौरादहदेखि कमल गाउँपालिका, दमक नगरपालिका र इलामका बिभिन्न स्थानका बाटोमा पर्ने मठ मन्दिर, ऐतिहाँसिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरिने पदयात्री दिननाथ कडरियाले बताए । यात्रा प्रारम्भका क्रममा श्रीकृष्ण प्रणामी मंदिरमा आयोजित संक्षिप्त कार्यक्रममा यात्राको बारेमा जानकारी गराउँदै कडरियाले बताए अनुसार पद यात्रा इलामको माङ्सेबुङ गाउपालिककाको लारुम्बामा रहेको किरात मुजुत्लुंग माङ्गिम किरात धर्मको पबित्र धाम पुगेर टुंगिने छ ।

जागरण पदयात्रामा सहभागिहरुले राष्ट्रिय झण्डा सहित बिभिन्न धार्मिक तथा सांस्कृतिक संदेश मूलक प्लेकार्ड र पर्चाहरु मार्फत राष्ट्रि, राष्ट्रियता र धार्मिक सहिष्णुताको आव्हान् गरेका छन् । वातावरण स्वच्छ राखौं, साकाहारी भोजन स्वस्थ जीवन, हरियाली बढाउँ वातावरण जोगाउँ, दुव्र्यसन मुक्त समाज निर्माण गरौं, प्रकृति जीवनहो प्रकृति परक बनौं लगाएतका पर्चा तथा प्लेकार्डहरुले समाजमा असल संदेश प्रवाह गर्ने भएकाले यात्रा फलदायी हुनेमा विश्वस्त रहेको पदयात्री भुपाल तिवारीले बताए ।

पदयात्रा प्रारम्भको बिदाई तथा शुभकामना कार्यक्रममा सवाजसेवी अम्मर विष्ट, अम्मरदास सिवाकोटी, निर्मलदास तिवारी, टंक अधिकारी, डण्डिराज घिमिरे, फणिन्द्र धमला, भोजराज दहाल लगाएतको उपस्थिति रहेको थियो ।

जागरण पदयात्रीहरुलाई यात्राका क्रममा सिद्धेश्वर शिवालय मन्दिरले स्वागत गर्दै यात्रा सफलताको शुभकामना ब्यक्त गर्दे संक्षिप्त कार्यक्रम आयोजना गरेको स्थानीय पवित्रा घिमिरेले बताइन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments