Online Bichar
सोमबार, जेठ १५, २०८० | Monday, May 29, 2023

ग्वालुब्बा बजार स्थानान्तरण – मन्त्री कार्कीले गरे उद्घाटन

झगेन्द्र खड्का
गौरादह, ५ कात्तिक । गौरादह नगरपालिका ७ स्थित ग्वालडुब्बा बजार स्थानान्तरण गरिनुका साथै मेला लगाइएको छ । मेलाको अवसारमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा बृद्धदेखि बालक सम्म रमाएका छन् । बडा दशैंको अवसरमा प्रत्येक बर्ष लगाइदै आएको मेलालाई यस बर्ष पनि निरन्तरता दिएको बजार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार अधिकारीले बताए ।

बडा दशैंको अवसरमा लगाइने मेलामा यस क्षेत्रमा रहेका लोपोन्मुख सन्थाल जातिको नृत्य विशेष आकर्षणको केन्द्र रहने गरेको छ । त्यस अवसरमा स्थानीय कलाकारहरुको समेत बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो ।
स्थापनाकालदेखि नै चोकको सडक किनारामा संचालन भैरहेको बजारलाई बडा दशैंमा लगाइने मेलाको अवसरपारेर स्थानान्तरण गरिएको छ ।

ग्वालडुब्बा चोकबाट करिब ५ सय मिटर पूर्व १५ कठ्ठा दाताहरुबाट प्राप्त आफ्नै जग्गामा स्थानान्तरण गरिएको सो बजारको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए । कार्की गौरादहका स्थानीय बासिन्दा तथा झापा क्षेत्र नं ५ क बाट निर्बाचित प्रदेश सांदस समेत हुन् ।

दिनप्रतिदिन जनसंख्या बृद्धीहुँदा बजार क्षेत्र साँघुरो भएको स्थानीय बासीहरुको गुनासो आइरहेको थियो । बजार क्षेत्र साँघुरो हुनु, पाडाजुंगी गौरिगञ्ज सडक किनारामा बजार रहनु, साना गाडीको पार्कीङ स्थल सोही स्थानमा रहनु जस्ता कारणहरुले बजार क्षेत्र सांघुरो भएको थियो । विशेषगरी हाट लागेको दिन मानिसहरुको चहलपहल संगै सानाठूला सबारीका साधनहरुको चाप बढिहुँदा दुर्घटनाको जोखिम बढेको थियो ।

बजार स्थानान्तरण भएपछि मुख्य चोकको अस्तब्यस्त पार्किङ र भिडभाडको उचित ब्यवस्थापन हुने विस्वास रहेको बजार ब्यवस्थापन समितिका पूर्व अध्यक्ष बलबहादुर तामाङले बताए ।

ग्वालडुब्बामा लगाइएको मेलामा ९ वटा सन्थाल नृत्य टालीहरु सहभागि भएका थिए । नृत्यमा कोरोबारी जियोड झरना क्लब, गौरिगञ्ज–२ प्रथम, बाबा सागेन सन्थाल क्लब कमल गापा– १ दोस्रो र सगरमाथा संथाल अम्मर क्लब गौरिगञ्ज ५ तेस्रो भएका थिए ।

बिजेता टोलीहरु प्रथमलाई १३ हजार, दोस्रोलाई ११ हजार र तेस्रोलाई ९ हजार र अन्य सहभागि टोलीहरुलाई सान्त्वना स्वरुप नगद ५ हजारका दरले र घोडा नृत्यलाई एक हजार प्रदान गरिएको निर्णायक समितिका सदस्य तथा दर्पण फिल्मस् प्रालिका निर्माता निर्देशक हरि बस्नेतले जानकारी गराए ।

बजार उद्घाटन

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले ग्वालडुब्बा बजार उद्घाटन गरेका छन् । नयाँ स्थानमा सारिएको गौरादह नपा ७ को ग्वालडुब्बा बजारलाई बडा दशैंको अवसरमा लगाइने मेलाको अवसरपारेर एक कार्यत्रमका बिच उद्घाटन गरेका हुन् ।

मन्त्री कार्कीले बजार उद्घाटन गर्दै समय र परिस्थतिको माग अनुसार बजार स्थानान्तरण गरिएको बताए । बजार स्थानान्तरण संगै यस क्षेत्रमा रहेका बजारहरुलाई थप ब्यवस्थित गर्न आवस्यक रहेको उनको भनाई थियो । यस क्षेत्रमा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण र संबद्र्धन गर्न सबैको दायित्व रहने बताए । यस क्षेत्रमा बसोबास गर्ने बिभिन्न जातजाति र उनीहरुको भेषभुसा रहनसहनको उत्थान गर्नसके त्यो राष्ट्रको सम्पत्ती हुने उनको जोडथियो । सांस्कृतिक सम्पदाको उत्थान गरि भेदभावको अन्त्यगर्दै एकताको सुत्रमा बाँधी सुखी नेपाली र समृद्ध नेपालको सन्देश दिन आवस्यक रहेको धारणा राखेका थिए ।

बजार ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री कार्की प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा साबिक झापा क्षेत्र नं. ६का संविधान सभा सदस्य दिपक कार्की, गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाहा, वडा नं ७का वडाध्यक्ष बलराम खरेल, नमुन अंग्रेजी माविका प्रधानाध्यापक ध्रब गौतम लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

बजार ब्यवस्थापन समितिका सचिव सुर्यभक्त सिटौलाले स्वागत मन्तब्य राख्दै बजार ब्यवस्थापन समितिले तयार पारेको ग्वालडुब्बा बजारको कर छुट सम्बन्धि ज्ञापन पत्र पढेर सुनाएका थिए । कार्यक्रमको संचालन त्रिवेणी टोल विकास समितिका अध्यक्ष प्रम दंगालले गरेका थिए ।

बजार ब्यवस्थापन अधुरो

गौरादह नगरपालिका ७ मा रहेको ग्वालडुब्बा बजार बिधिवत रुपमा स्थानान्तरण गरिए पनि ब्यवस्थापन प्रक्रिया फितलो तथा अधुरो देखिएको छ । प्रत्येक हप्ताको मंगलबार र सुक्रबार लगाइदै आएको ग्वालडुब्बा बजार सर्ने केही बर्ष पहिलादेखि नै गृहकार्य गरिए पनि बजार सारिएको स्थान हालसम्म पनि सन्तोषजनक ब्यवस्थापन हुन ढिलाइ भएको स्थानीयको गुनासो समेत छ । बजार सरेको स्थानमा आवस्यक घरटहरा निर्माण हुन सकेको छैन भने निर्माणकार्य प्रारम्भ गरिएका तीनवटा टहराको जगमात्र उठाइएको छ । माटो भर्ने कार्य पूरा भएपनि ब्यापारीहरुले खुल्ला आकास मुनि बसेर ब्यापार गर्नुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया