Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

भरतबाबु कार्की

२० फागुन २०७७ । म पढेको स्कुल हो झापाको जनता माध्यमिक विद्यालय गौरादह। जसले देश, दुनियामा महत्वपूर्ण भूमिका निर्बाह गर्ने सयौं ब्यक्तित्वहरु जन्मायो। २०२४ सालमा स्थापना भएको यस स्कुलबाट पचासौं ब्याच एस.एल.सी. उत्पादन भैसके।

डाक्टर, इन्जिनियर,वकिल , प्रशाशक, प्रहरी सेनाका अधिकृत, प्राबिधिक ,राजनैतिक दलका नेताहरु ,बिभिन्न बिषयका बिज्ञहरु लगायत गर्व गर्न लायक एक से एक यस स्कुलका उत्पादन रहे।

हरेक ब्याचमा टप ५ विद्यार्थीहरुमा कडा प्रतिस्पर्धा हुन्थ्यो र हुन्छ पनि। तर ति टप ५ मेधावी छात्रछात्राहरु के आज देश हाक्ने सन्यन्त्र अर्थात राजनितीमा छन् त ? अथवा उनिहरु मध्ये कति जना मन्त्री भए ? कतिजना प्रमुख राजनैतिक दलका नेतृत्वमा छन् ? यो छोटो लेख यसैमा केन्द्रित छ।यो कसैमा आग्रह पुर्बाग्रहका साथ प्रस्तुत गर्न खोजिएको हैन बल्की कारण को खोजिको चेष्टा गर्न खोजिएको हो।

धर्माकान्त बास्कोटा ,युबराज कार्की , बाबुराम भार्द्वाज ,नारायण भट्टराई , गेहनाथ बराल , खड्ग बस्नेत ,तिल बहादुर बस्नेत , गणेश भण्डारी ,दुर्गा भन्डारी ,चन्द्र सुवेदी , लक्ष्मी भट्टराई (गाम्नाङे),चुडामणि भण्डारी लगायत केही प्रतिनिधि पात्रको कुरा राख्न चाहें।उहाहरु मध्ये युबराज कार्की बाहेक अहिले कोहि पनि सकृय राजनीतिमा हुनुहुन्न। अन्य पेसामा आवद्ध हुनुहुन्छ।मैले उहाहरुको नाम लिएर मानमर्दन गर्न खोजेको हैन ।तर गौरादहमा मात्रै हैन देशै भर अब्बल विद्यार्थीहरु राजनितिमा आउने परम्परा एकदमै कम छ।

अब्बल विद्यार्थीहरु किन राजनितीमा आउन सक्दैनन् या चाहदैनन ? मेधावी छात्रहरु राजनैतिक नेतृत्वमा नहुँदा या सामान्य अनि कमसल गुणस्तरका मात्रै राजनितिमा लाग्नाले राज्यलाई के फरक पर्छ या पर्दैन ?

एउटा कहावत बहुत चर्चित छ । संगै एस.एल.सी. दिएका ३ विद्यार्थीहरु वहुत मिल्ने साथी थिए।एक जना सधै प्रथम हुने अर्को पाँचौ छैटौं हुने अर्थात औसत, अनि अर्को चाहिँ सधैं बिषय लागेर ठेलठालमा जेनतेन पास हुने।रिजल्ट आयो। जेहेन्दार विद्यार्थी प्रथम श्रेणीमा पास भयो। (त्यतिबेला डिस्टिङ्सन प्राय आउदैनथ्यो) दोस्रो साथी सेकेन्ड डिभिजनमा पास भो। अनि तेस्रो चाहिँ फेल भएछ। कालान्तरमा २० बर्ष पछि मेधावी छात्र इन्जिनियर भएछ, औसत साथी साखा अधिकृत हुँदै सचिब भएछ अनि एस.एल.सी फेल साथी चाहिँ राजनितिमा लागेछ र मन्त्री भएछ। तिनैजना एउतै मन्त्रालय अन्तरगत परेछन।अनि त्यो इन्जिनियरलाई आदेस सचिबले दिने अनि सचिबलाई मन्त्रीले।भलै यो कथा होला।तर आज हाम्रो समाज को बास्तबिकता यहि छ।

मेधावी छात्रहरु राजनितिमा आउन नसक्नु रनचाहनु का कारणहरु बुदागत रुपमा प्रस्तुत गरेको छु।

१,आर्थिक स्थिति : अधिकान्स जेहेन्दार छात्रहरु सामान्य आर्थिक स्थिति हुन्छन्।उनिहरुकोमहत्वकान्क्षा उच्च पेसा मा पुगेर सुबिधा सहित को जिबनयापन गर्ने हुन्छ।
२, चालचलन : जेहेन्दार विद्यार्थीहरु नम्र स्वभावका सरल प्रकृतिका हुन्छन् ।राजनितिमा लप्पनछप्पन चाहिन्छ।
३, जेहेन्दार छात्रले प्राय साइन्स अथवा कठिन प्राबिधिक बिषय पढ्छन्। जसको बाटो प्राबिधिक जागिरमा गएर टुङ्गिन्छ।
४, राजनिती गर्न पारिवारिक पृष्ठभुमिको पनि ठूलो हात हुन्छ।जुन जेहेन्दार विद्यार्थीलाई अधिकांस अप्राप्य नै हुन्छ।
५, जेहेन्दार विद्यार्थीहरु राजनितिमा लाग्ने जोखिम लिन चाहदैनन् ।
६,जेहेन्दार छात्रहरु अध्ययनशिल हुने, कम बोल्ने हुन्छन् । राजनितिमा कालोलाई सेतो पार्न सक्ने बोलक्कड ब्यक्तीको आवस्यकता हुन्छ।
७, जेहेन्दार छात्रहरु छात्रवृत्तिमा पढ्न चाहन्छन्।जसका लागि कडा मेहेनत गर्नु पर्ने हुन्छ।अन्य कुराको लागि उनिहरुलाई फुर्सद हुदैन । आदि आदि ।

मेधावी छात्रहरु राजनीतिबाट टाढा हुदा अथवा नआउदा सामान्य पढाइ स्तर भएकाहरु वा अनपढहरुले राजनीतिलाई ब्यवसाय बनाएका छन् ।जसले गर्दा राज्यको नीति निर्माणमा विकास निर्माणमा अनि सुशासनमा प्रत्यक्ष प्रभाब पर्ने नै हुन्छ।

आज देशको राजनीति यति दुर्गन्धित भएको अनि आम जनतामा बितृष्णा जागेको कारण पनि यस्तै पृष्ठभूमिका मान्छेहरुको हालिमोहाली भएको कारण एक कारण हुन सक्छ।तसर्थ स्कुले जीवनका अत्यन्त तिक्ष्ण बुद्धि भएका जेहेन्दार मेधावी छात्रहरु राजनीतिमा आउनु आवस्यक छ र ल्याउनु पर्छ। अस्तु।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments