Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा

गौरादह, १८ फागुन २०७७ । डि.नरबहादुर बस्नेत स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । झापाको गौरादह–१ मा रहेको जानकीश्वर शिवालय मन्दिरको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य दिपक कार्कीले उक्त कार्यक्रमको उद्घाटन गर्दै स्वर्गीय डिठ्ठा नरबहादुर बस्नेतको स्मरण गर्नुहुँदै वहाँले गौरादहको पहिचान बनाउन गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रम पहिलो चरण र दोस्रो चरणमा गरि सञ्चालन गरिएको थियो । डि.नरबहादुर बस्नेत स्मृति प्रतिष्ठान तथा जानकीश्वर गुरुकुल विद्यालयका अध्यक्ष सुरेश बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा रहेका आफ्ना सीपका आधारमा आधुनीक प्रविधिको प्रयोग गरि व्यवसाय मूलक, कृषि कार्यक्रमहरु सञ्चालन गरि समाजका लागि योगदान पुर्याउने, कृषिका बीउबिजन उत्पादन गर्न उत्पादन प्रविधि सिकाउने, गाई पालन तथा डेरी सञ्चालन गर्ने, धान खेती तथा तरकारी खेतीमा समाजलाई आत्म निर्भर बनाउने, स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउने लगायतका व्यक्तिहरुलाई सम्मानित गरिएको प्रतिष्ठानका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । जसअन्तर्गत रुक्मिणा लुईंटेल, धर्मराज विष्ट, बागविर राई, दुर्लभ कार्की, निरु ढकाल, मन्दिरा कार्की, डा.मनिसा अधिकारी, मोहन सेढाईं, वैशाखु ताजपुरीया, स्वर्गीय निसाफु राजवंशी(मरणोपरान्त) गरि १० जनालाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।

त्यसअवसरमा नेपाल सरकारका पूर्व सचिव माधव रेग्मी, गौरादह–बिराटनगर सम्पर्क समाजको अध्यक्ष इन्द्र न्यौपाने, जनता मा.वि. का पूर्व प्रधानाध्यापक बुद्धिमान कार्की, सुरज शिक्षा प्रतिष्ठानका प्रमुख भोजराज दाहाल, गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोपाल काफ्ले, सम्मानित हुनेका तर्फबाट दुर्लभ कार्की लगायतले स्वर्गीय डि.नरबहादुरलाई सम्झना गर्दै वहाँले गौरादहलाई विशिष्ट क्षेत्र बनाउन गर्नुभएको योगदान, कार्यहरु, प्रयास, विकासका कुराहरुका बारेमा चर्चा गरेका थिए ।

यसैबीच, डि.नरबहादुर बस्नेत स्मृति प्रतिष्ठानको अक्षयकोषमा आफन्त राजेन्द्र बस्नेतको परीवार र बद्री कुमार बस्नेतको परीवारका तर्फबाट आज ६ लाख २५ हजार रकम जम्मा गरिएको प्रतिष्ठानका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यस प्रतिष्ठानले पशुपालन, कृषि, व्यवसायलाई प्रोत्साहन गर्ने कार्य गर्दै आएको र यसअघि प्रतिष्ठानले शैक्षिक र सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

यस्तै, दोस्रो चरणको कार्यक्रम अन्तर्गत गुरुकुल विद्यालयको अक्षयकोष स्थापनामा सहयोग गर्ने व्यक्ति, संघ संस्था, ईटा उद्योग गरि १ सय २० जना दाताहरुलाई कदर–पत्र द्वारा सम्मान गरिएको छ । २२ जना विद्यार्थी पढ्दै आइरहेको गुरुकुलमा महर्षि फाउन्डेशनले आफ्नै खर्चमा १ जना गुरुको व्यवस्था गरि गुरुकुललाई नियमित रकम दिने गरेको जानकीश्वर गुरुकुल विद्यालयका अध्यक्ष सुरेश बहादुर पौडेलले जानकारी दिनुभयो ।

हालसम्म गुरुकुलको अक्षयकोषमा आठलाख रकम जम्मा रहेको र उक्त रकम आवश्यक परेको खण्डमा त्याहाँ अध्यनरत विद्यार्थी, भवन निर्माणमा र फर्निचर लगायतका कार्यमा खर्च गरिंदै आएको अध्यक्ष पौडेलले बताउनुभयो । गुरुकुललाई नगर शिक्षाले वार्षिक २ लाख ४० हजार रकम उपलब्ध गराउँदै आएको रकमबाट छुट्टै शिक्षकको व्यवस्था गरि पठन पाठन सञ्चालन भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यस्तै, गुरुकुलका पूर्वाधार विकासका लागि सांसद कोष, नगरपालिका, वडा कार्यालय र स्थानीय व्यक्तिहरुद्वारा सहयोग जुटी गुरुकुलका लागि आवश्यक सबै पूर्वाधारहरु तयार हुँदै गरेको डि. नर बहादुर बस्नेत स्मृति प्रतिष्ठान तथा जानकीश्वर गुरुकुल विद्यालयका अध्यक्ष सुरेश बहादुर पौडेलले जानकारी दिनुभयो । सह–आयोजक श्री जानकीश्वर गुरुकुल विद्यालय रहेको पहिलो चरणको कार्यक्रम डि. नर बहादुर बस्नेत स्मृति प्रतिष्ठानका सचिव दीपक सुवेदीले सञ्चालन गर्नुभएको थियो भने, दोस्रो चरणको कार्यक्रम गुरुकुल विद्यालयको महासचिव देवेन्द्र कुमार खड्काले सञ्चालन गर्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया