Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

झगेन्द्र खड्का
गौरीगंज, १२ फागुन । ईलाका प्रशासन कार्यलय गौरीगंज झापाले आर्थिक बर्ष २०७७।०७८ को ६ महिनामा १९ लाख ३६ हजार ५ सय राजस्व संकलन गरेको छ।कार्यलयबाट नागरिकलाई उपलब्ध हुने सेवा बापत नागरिकहरुले तिरेको करबाट राजस्व संकलन भएको हो।

ईलाका प्रशासन कार्यलय गौरीगंजबाट नयाँ नागरिकता,नागरिकताको प्रतिलिपी, राहादानी, चाँडो राहादनी आवश्यक पर्नेहरुकालागि द्रुत सेवा र उजुरी सुनुवाइ लगायतका सेवाहरु दिइदै आएको छ।

ईलाका प्रशासन कार्यलय गौरीगंजमा स्थापना भएपछि सेवा बापत संकलित हुँदै आएको राजस्व बिगत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको ६ महिनामा कम राजस्व संकलन भएको छ।कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारबाट लक डाउन गरिदा कार्यलयमा सेवा लिन आउने सेवाग्राहीहरुको संख्यामा कमि हुँदा आर्थिक बर्षको सुरुवाती समयमा राजस्व संकलन घटेको हो। यस आर्थिक बर्षको सुरुवाती समयमा कोरोना भाइरसको जोखिम बढेतापनि पछिल्लो समयमा परिस्थिति सहज भएपछि सेवाग्राहीहरु कार्यलयमा सेवा लिन आउन थालेका छन्।

ईलाका प्रशासन कार्यलय गौरीगंजमा बिगत बर्षहरुमा सेवालिन आउने सेवाग्राहीहरु कार्यलयमा खचाखच हुन्थिए।यस आर्थिक बर्षमा सुरुका ३ महिना सम्म फाट्टफुट्ट मात्र सेवाग्राहीहरु सेवा लिन कार्यलयमा आएका थिए।आर्थिक बर्षको सुरुका ३ महिनामा सेवाग्राहीको संख्यामा कमी हुँदा राजस्व संकलनमा कमी भएतापनि चौथो महिना देखि सेवाग्राहीहरुको चाप बढ्नुका साथै राजस्व संकलनमा बृद्धी भएको छ।

आर्थिक बर्षको चौथो महिना देखि कोरोना भाइरसको त्रास कम भएसँगै सेवाग्राहीहरुको चाप बढेकाले आर्थिक बर्षको अन्त्य सम्ममा बिगत बर्षको भन्दा बढी राजस्व संकलन हुन सक्ने अनुमान गरिएको ईलाका प्रशासन कार्यलयका कार्यवाहक प्रमुख रबिन कुमार राजवंशीले जानकारी गराए। ईलाका प्रशासन कार्यलय गौरीगंजमा आर्थिक बर्ष २०७५।०७६ मा ७० लाख १२ हजार ५ सय राजस्व संकलन भएको थियो। आर्थिक बर्ष २०७६।०७७ मा ५६ लाख ३० हजार ३ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ।

आर्थिक बर्ष २०७७।०७८ को ६ महिनामा संकलित राजस्व बिगतका बर्षको ६ महिनाको तुलनामा कम संकलन भएको देखिन्छ। कोरोना भाइरस संक्रमणका कारण लकडाउन भई कार्यलय खोलिएपनि सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमि आउदा त्यसको प्रभाब राजस्व संकलनमा परेको ईलाका प्रशासन कार्यलय गौरीगंजका लेखा प्रमुख यमनाथ संजेलले जानकारी गराए।

आर्थिक बर्ष ०७७।०७८ को ६ महिनामा ५ सय १६ महिला र ४ सय ७५ पुरुष सहित ९ सय ९१ जनाले ईलाका प्रशासन कार्यलय गौरीगंजबाट नयाँ नागरिकता बनाएका छन्। बैवाहिक अंगिकृत नागरिकता १६ जनाले बनाएका छन्। त्यसैगरी २सय ५० महिला र ३ सय ८६ पुरुष सहित ६ सय ३६ जनाले नागरिकताको प्रतिलिपी बनाएका छन्।

२ पुरुष र ७ महिला सहित ९ जनाले नावालक परिचय पत्र बनाएका छन्। राहादानी संकलन तर्फ ८५ जनाले द्रुत सेवा लिएका छन् भने ३ सय ६५ जनाले कार्यलयबाट राहादानी लिएका छन्। यस आर्थिक बर्षको ६ महिनामा कार्यलयमा ठाडो उजुरी भने एउटा पनि नआएको ईलाका प्रशासन कार्यलय गौरीगंजका सूचना अधिकारी सुवास जंग बुढाथोकीले जानकारी गराए।

पछिल्लो समयमा राहादानी बनाउन महिलाको संख्यामा पनि बृदि भएको छ। बिशेष गरि उच्च शिक्षा हाँसिल गरेका महिलाहरु विदेशमा पढ्न जाने भएपछि राहादानी बनाउने महिलाको संख्यामा बृद्धी भएको पाइन्छ। उच्च शिक्षा हाँसिल गरिसकेका युवा युवतीहरु डिभि परेर रोजगारीका लागि अमेरिका जानेको संख्या थपिदा पनि महिलामा राहादानी बनाउनेको संख्या बढेको देखिन्छ। पढेर पनि आफ्नो देशमा रोजगारी नपाउदा विदेश जानेको संख्या बढ्दा राहादानी बनाउनेको संख्या बढेको छ।

तपाईको प्रतिक्रिया