Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

डण्डिराज घिमिरे
९ फागुन २०७७

रातो भुइँ पुस्तकको आवरण तस्विरले “प्रतिगमनको विरुद्ध संघर्ष गरौं !” भन्ने नारा किन लगायो ? पाठकमा खुलदुली, जिज्ञासा र कौतुहलता थियो ।

भिम केरुङद्वारा लिखित तथा यही बर्ष २०७७ सालमा कोरोना कहरका बीच लकडाउनको उत्तराद्र्धमा प्रकाशित “रातो भुइँ” पुस्तकको आवरण तस्विरले आजको प्रतिगमनको बिरुद्ध ७ बर्ष अगाडि नै खबरदारी गरेको थियो । आजको नेपाली राजनीति रातो भुइँको दुरदर्शी त्यही आवरण तस्विरले देखेको प्रतिगमनको बिरुद्ध संघर्षमा केन्द्रित छ ।

पुस्तकको आवरणमा देखिएको तस्विर २०७१ साल चैत्र महिनामा प्रतिगमनको बिरुद्धको प्रदर्शनमा खिचिएको थियो । लेखकले पुस्तकमा खुलाए अनुसार नेपाली जनताको क्रान्ति र आन्दोलनको बलबाट प्रप्त ऐतिहासिक उपलब्धिहरु गुम्ने खतरा उत्पन्न भएको भन्दै “यथास्थितिवादी र प्रतिगमनका बिरुद्ध संघर्ष गरौँ ! पहिचान र अधिकार सहितको संघीय संविधान निर्माण गरौँ !” भन्ने नाराका साथ आन्दोलनकै बलबाट उपलब्धिहरु संस्थागत गर्न भनि ३० दलीय गठबन्धनको तीनदिने आमहड्ताल तथा बृहत जनप्रदर्शनको तस्विर हो त्यो ।
देश आज प्रतिगमनको सिकार भएको छ । महान जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन लगाएतको गौरवपूर्ण रक्तिम जगमा जनताका निर्वाचित जन प्रतिनिधिले लेखेको नेपालको संविधान २०७२ आज धरापमा छ । यो दुर्घटनाको संभावना लेखक भिम केरुङले पहिला नै देखेका थिए ।

केपी ओलीको संसद बिगठन र प्रतिगमन बिरुद्ध रातो भुइँले एकताबद्ध भएर संविधान र हाल सम्मका उपलब्धिको रक्षार्थ संघर्षमा होमिन आह्वान गरेको मनोविज्ञान पाठक समक्ष संप्रेशण गरेकोमा लेखकलाई सलाम छ ।

रातो भुइँ संघर्षको सजिव इतिहास हो

रातो भुइँ अग्रगमन र परिवर्तनका पक्षधरले पढ्ने पुस्तक हो । लेखकले पस्कनुभएको तथ्य, खोज र अनुसन्धानले संघर्षका उपलब्धिहरुलाई जीवन दिएको छ । रातो भुईमा वर्ग संघर्षको उपज भुइँ मान्छेहरको अग्लो इतिहास समेटिएको छ । प्रतिगमनकारीहरु रातो भुइँको छेउ सम्म आउने हिम्मत पनि नगर्लान किनकी यसमा सामन्त र दलाल पुँजीवादीहरुको स्तुती छैन । यो पुस्तक लेखकको क्रान्तिकारी चेतनाले देखेको, भोगेको र पेचिलो संघर्ष गरेको जिउदो खोज अनुसनधानको दस्तावेज हो ।

वर्गीय तथा जातीय मुक्ति आन्दोलनका एक निर्भिक योद्धा लेखक केरुङले सदीयौंदेखि उत्पीडनमा परेका जाति, वर्ग, समुदायका अतृप्त इच्छा, आकांक्षा र असन्तुष्टिका बुलन्द अवजलाई रातो भुइँको संज्ञा दिएका हन् । पुस्तकले देशमा विद्यमान जातीय, वर्गीय, क्षेत्रीय तथा आर्थिक असमानताको सुस्म कारणहरुको खोजी समेत गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

रातो भुइँमा कुनै कपोकल्पित घटन, पात्र, कथा, आख्यान वा भ्रम छैन । ऐतिहासिक यथार्थ घटन, तथ्य र प्रमाणहरु सहित सरल भाषाशैलीमा हाम्रो समाज र राजनीतिलाई जस्ताको त्यस्तै उल्ल्ेख गरिएको छ । लेखकले लामो समयसम्म देशमा अपेक्षाकृत विकास नहुनुको कारण खोजेका छन् ।

बिभिन्न कालखण्डका पेचिला संघर्षका मोर्चामा आफू स्वयम् सहभागि लेखक केरुङले जनताले पटकपटक बलिदानीपूर्ण संघर्ष गरेपनि समग्रमा वास्तविक वर्गीय मुक्तिको कार्यभार पूरा हुन नसकेको यथार्थता पुस्तकमा चित्रण गर्न खोजेका छन् । व्यवस्था फेरिए पनि वास्तविक किसान, मजदूर तथा विपन्न वर्गको जीवनस्तरमा अपेक्षाकृत परिवर्तन आउन नसकेको जनताको आवाज र असन्तुष्टिलाई रातो भुइँले मुखरित गरेको छ । पुस्तक मार्फत लेखकले राज्यका कमीकमजोरी औल्याएर देश र जनताको समग्रहितमा सहयोग पुर्याउन सुन्दर कोशिस गरेका छन् ।

पुस्तकमा सँगेटिएका विषयहरुले आजको चेतनशील र आन्दोलनरत नेपाली जनमानसको प्रतिनिधित्व गरेका छन् । यस पुस्तकमा १० अध्यायहरु छन् । अध्याय १:प्राचिन मानव सभ्यता र चिहानको सम्बन्ध, अध्याय २:पहिचान सहितको संघीय संरचनामा मुलुक किन गएन ? भ्रम र यथार्थ, अध्याय ३ : समाज रुपाण्तरणको एउटा जटिल पक्ष : जतीय विभेद तथा छुवाछुत, अध्याय ४ : सरकारी नोकरीमा आरक्षणको सवाल, अध्याय ५ : किन विवादित बन्यो आदिवासी रंगशाला, अध्याय ६ : विष्णुकठ्ठाका धिमाल जाति, अध्याय ७ : लालधोन्द्रा झोडाका भूपू सैनिकहरुः एउटा नलेखिएको इतिहास, अध्याय ८ : सितापुरी झोडाकाण्ड एक राजनीतिक स्वार्थ र अध्याय ९ : भूमिसमबन्धी ऐनहरुको विश्लेषण । उल्लेखित ९ अध्यायमा ६३ वटा शीर्षकका लेखहरुको बिटो हो रातो भुइँ । सबै लेखहरु खोजमूलक छन् ।

पुस्तकमा लेखिएका तथ्यहरुको, तस्विरहरुको, चर्ट तथा तालिकाहरुको स्रोतहरु एवम् लेखनका स्रोतहरु समेत खुलाइएको छ । यो पुस्तक हरेक पाठकहरुले सन्दर्भ सामग्रीका रुपमा उपयोग गर्न संग्रह गरेर सुरक्षित राख्ने छन् । अन्य पुस्तकहरुको भन्दा यो पुस्तकको मुख्य विशेषता हो यो ।

यस पुस्तकका अध्यायहरुमा उठाइएका अधिकांश विषयहरु यस कालखण्डकै सर्वाधिक चासो एवं महत्वका विषयहरु छन् । राजनीतिक नेतृत्वको गलत क्रियाकलापले समाजमा सिर्जित विसंगत पक्षप्रति पनि रातो भुइँले बलियो खबरदारी गरेको छ । नेपाली समाज, अर्थव्यवस्था र राजनीतिक रुपान्तरणमा यी विषयहरु जहिल्यै पनि समाधानको पाटो एकपछि अर्को निराशाजनक बन्ने गरेको छ, जसको करण नेपाली समाज असमानता र विभेदको चपेटाबाट पूर्णरुपले बाहिर निस्कन नसकेको लेखकको ठम्याइ छ ।

विचारधारात्मकरुपमा जहिल्यै परिवर्तनकारी दृष्टिकोण बोक्नुहुने क्रान्तिकारी चेतका अगुवा, लेखक, चिन्तक, राजनीतिक विश्लेषक तथा समाज रुपान्तरणका अभियन्ता भिम केरुङले रातो भुइँ पुस्तक खोज अध्ययनका १५ वटा उद्देश्यहरु उल्लेख गर्नुभएको छ । खोज अनुसन्धानात्मक यस पुस्तकलाई चिन्न सकेमा राज्य सत्ताको बगडोर समात्नेहरु जो कोहीले उचित मार्गदर्शन प्रप्त गर्नेछन् । समाजवाद उन्मुख अबको नेपाली समाजका सचेत पाठक तथा साशकहरुका लागि रातो भुइँ समाजवाद यात्राको सारथी बन्न सकछ ।

सुन्दर अवरण, त्यत्तिकै सुरुचिपूर्ण छपाई र आकर्षक साजसज्जा रहेको प्रस्तुत पुस्तक रातो भुइँको प्रकाशक गणेशप्रसाद लिम्बू रहनुभएको छ । पुस्तकमा महत्वपूर्ण अवसर र कालखण्डका तस्वीरहरु राख्नुले थप आकर्षक र प्रभावकारी बनाएको छ ।

 

तपाईको प्रतिक्रिया