झगेन्द्र खड्का
गौरीगंज, ८ फागुन । नेपालमा संघीय साशन प्रणाली लगु भएपछि उपप्रधानमन्त्रीको लाभको पद धारण गरिसकेका कमल थापाले संघीयताको बिरोध गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष समेत रहेका थापाले मुलुकको धार्मिक, सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशले संघियता धान्न नसक्ने बताएका हुन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं -५ झापको क्षेत्रीय समितिले आयोजना गरेको मोटरसाइकल र्र्यालीको गौरीगंजमा समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले हाम्रो जस्तो गरिब मुलुकका जनताले दुःख गरेर कमाएको पैसाले तिरेको कर र विदेशीले दिएको ऋणको सहायताले चलेको मुलुकले संघियताको बोझ थाम्न नसक्ने बताएका छन्।
मुलुकको विकासमा लाग्ने खर्च जम्बु टोलीको प्रदेश तथा संघीय साम्सद र कर्मचारीका लागि खर्च गर्नु पर्ने भएकाले मुलुकको आम्दानीले नभ्याउने जनाएका छन्। हिन्दुहरुको बाहुल्यता रहेको र पौराणिक काल देखि चलिआएको सनातन हिन्दु राष्ट्र हटाएर नयाँ नेपालको नाममा धर्म निरपेक्ष घोषणा गरेतापनि यो अहिले रोगमा परिणत भएको अध्यक्ष थापाले बताएका छन्। नेकपाको घर भित्रको झगडाका कारण नेपाली जनताले अर्को दुरदशा भोग्नु परेको धारणा राखेका छन्।
नेकपाको झगडा नेपाली जनता र राष्ट्र हितका लागि नभएर पद र कुर्सीको लडाइँ भएको बताउदै उनले भ्रष्टाचार गरेर कमाएको पैसाको भाग बण्डा नमिलेर छताछुल्ल भएको जिकिर गरेका छन्।नेपाली जनताले दुई तिहाइ बहुमत दिएर सरकारमा पुराएपनि जनताको मतको कदर नभएको थापाले दाबि गरे।नेकपाको लडाइँले गणतन्त्र गाइजात्रामा परिणत भएको समेत दाबि गरेका छन्।
नेकपा पार्टीको आन्तरिक बिबाद मिलाउन नस्कदा आफ्नै पार्टीका साम्सदले अबिस्वासको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बिगठन गर्दा मुलुक कठिन र विषम परिस्थितिमा गुज्रिएको र संबिधान माथिनै प्रस्न चिन्न लागेको बताए। दन्दकालमा अस्थिरता र हिम्सात्मक गतिविधिमा गुज्रिदा मुलुकको सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त पारेर राष्ट्रिय मुलधारमा समायोजन भएपछि नयाँ नेपाल बनाउने नाममा गणतन्त्रको स्थापना गरेर जनताको अभिमत नबुझी हिन्दु राष्ट्र र राजसंस्थालाई पाखा लगाउनु मुलुकका लागि दर्भाग्य भएको थापाले टिप्पणी गरेका छन्।

मुलुक र नेपाली जनताको हितकालागि नेताहरुले धर्म र राजसंस्थाका बारेमा जनमत संग्रहमा जान तयार हुनुपर्ने धारणा राखेका छन्। युवाहरुलाई रोजगारीका अवसर सृजना गराउन उद्योग धन्दा कलकारखाना थप गर्नु पर्नेमा पन्चायत कालमा बनेका मुलुक भित्रका उद्योग तथा कलकारखाना समेत बेचेर जनतालाई रोजगारीका लागि बिदेश जान बाध्य बनाएको भन्दै आक्रोस व्याक्त गरेका छन् ।
जनतालाई मालिक बनाउने नाममा नेताहरुले धोका दिएकाले अबको एक मात्र बिकल्प राजसंस्था भएको उनको जिकिर छ।
राप्रपा झापा क्षेत्र नं -५ का अध्यक्ष बिजय बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङदेन, केन्द्रीय सदस्य टेक नारायण राजवंशी, प्रदेश नं-१ अध्यक्ष राम थापा, झापा जिल्ला अध्यक्ष अमर बिष्ट, नव प्रबेशी बेङ्गुलाल ताजपुरिया लगाएतले शुभकामना मन्तब्य राखेका थिए।
क्रार्यक्रमा बिभिन्न पार्टी परित्याग गर्नेहरुलाई अध्यक्ष थापाले अबिरटिका लगाएर पार्टी प्रवेस गराएका थिए । सभामा गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए।






