Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

डण्डिराज(बिबेक)घिमिरे
१ फागुन २०७७

“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही छ भने नभएका चिज प्राप्त हुन्छन् तर यो गलत छ भने प्राप्त उपलब्धी पनि गुम्नेछन् ।” – माओ

मालेमावादको वैचारिक धरातलबाट २०५२ साल फागुन १ गते आजकै दिनबाट सुरु भएको १० बर्षे महान जनयुद्धको गर्बिलो जगमा २०६२।०६३ को ऐतिहाँसिक दोस्रो जनआन्दोलन सम्पन्न भयो ।

जनआन्दोलनमा लोकतान्त्रिक गणतन्त्र र अग्रगमनका पक्षधर सबै राजनीतिक दल र जनता, नागरिक समाज, अधिकारवादी संघ संस्था लगाएतको हस्तक्षेपकारी भूमिका थियो । फलस्वरुप तत्कालिन प्रतिनिधि सभाको पुनरस्थापना भयो र देशमा लोकतान्त्रिक गणतन्त्र घोषणा सम्भव भयो ।

जनयुद्ध तथा जनआन्दोलनको विचारधारा र कार्यदिशा सही हुनुको परिणाम स्वरुप देशले संविधान सभाबाट लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक लगाएतका उपलब्धिहरु सहितको नेपालको संविधान २०७२ प्राप्त गर्यो ।

जुनसुकै क्रन्ति, वर्गसंघर्ष र आन्दोलनमा प्रधान पक्ष नै विचार हो । विचारको विकास हुन सकेन भने धर्म र राजनीतिमा केहि भिन्नता हुने छैन । निरन्तर विचारको विकासले मात्र देश र जनतालाई अग्रगमनमा पुर्याउदछ ।

वर्तमान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ब्यवहारमा बिभाजित देखिएता पनि फुटको बैधानिकता र औपचारिकता पाउन भने बाँकी छ । एउटा समूह प्रचण्ड र माधव नेपालको संयुक्त नेतृत्वमा छ भने अर्को समूह केपी ओलीको नेतृत्वमा छ । दुई समूहको तुलनात्मक विश्लेषण गर्दा पाइने भिन्नता पनि विचार र कार्यदिशाको नै हो । ओली समूह दलाल पुँदीवादको दलदलबाट निश्किन सक्ने विचारको विकास गर्न चाहादैन । त्यसमै रमाउन जनताको बहुदलीय जनवादको गायत्री मन्त्र जपिरहन्छ ।

प्रचण्ड–नेपाल समूह संवैधानिक बाटोबाट समाजवादको यात्रा तय गर्दै विचारको विकास गर्न र कार्यदिशा निमार्णमा तत्पर देखिन्छ । आजको ऐतिहाँसिक दिनले नेपालको अबको समाजवाद निर्माणको महान यात्रा तयार गर्न सघन बहस, अन्तरक्रिया र छलफल अगाडि बढाउन प्रेरणा मिलोस् । अग्रगमनका पक्षधरहरुको बृहत एकता सहित नेपाल कम्युनिष्ट केन्द्र बनाएर अघि बढ्न कत्ति पनि ढिला नहोस् ।

अबको नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य के हो ? विचारधारात्मक तथा राजनीतिक कार्यदिशा तथा समाजवादी क्रन्तिको कर्यदिशा कस्तो हुने ? गम्भिर बहस, छलफल र मन्थनको एजेण्डा अबिलम्ब निष्कर्षमा पुग्नु पर्छ । जति छिटो निष्कर्षमा पुग्न सकिन्छ त्यति नै छिटो हालको केपी ओली नेतृत्वको प्रतिगमनले घुँडा टेक्ने छ ।

नेता वा नेतृतव भनेको चेतना र विचारको प्रतिनिधि हो । समय सापेक्ष माक्सवादको प्रयोग र विकास सहित कमरेड प्रचण्डको कुशल नेतृत्वमा २०५२ सालबाट जनयुद्धले उठान गरेका एजेण्डाको केन्द्रमा अहिले देश अघि बढिरहेको छ । तसर्थ वर्तमान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को अग्रगमनको पक्षधर प्रचण्ड–माधव समूहको नेतृत्वमा अबको समाजवाद तर्फको यात्रा पनि सम्भव छ ।

नेपाली क्रन्तिले वर्तमानमा हासिल गरेका उपलब्धिको जगमा उभिएर संबैधानिक बाटो बाटै समाजवाद सम्मको भविस्य सुनिश्चित गर्न क्रन्तिकारी विचार, क्रन्तिकारी पार्टी र क्रन्तिकारी नेतृत्वको निर्माण र विकास अहिलेको जरुरी विषय हो ।

समाजवाद तर्फको अबको साझा यात्रा नै अग्रगमनका पक्षधर कम्युनिष्टहरुको ध्रुविकरण, एकता, संघर्ष र रुपान्तरणको आधार हो । तत्कालिन माओवादी केन्द्रको आठौं हेटौंडा महाधिवेशन र तत्कालिन नेकपा एमालेको नवैं महाधिवेशनका लिखित दस्तावेजहरुले पनि सो बाटो अवलम्बन गरिसकेको हो ।

त्यसकारण केपीको अदुरदर्शीताले नेपालको कम्युनिष्ट आन्दोलनमा पुगेको क्षतीलाई क्रमशः न्युनिकरण गर्दै प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरु निरन्तर अघि बढ्नुको विकल्प छैन ।

हाल सम्मका उपलब्धिहरुलाई पुँजीकृत गर्दै माक्र्सवादको विकसित र मौलिक प्रयोग मार्फत नेपालको सापेक्षतामा मौलिक समाजवादी क्रान्तिको कार्यदिशा तय गरेर एक भएर ओली बाहेकका कम्युनिष्ट पार्टीहरु अघिबढ्न सहमत र दृढ संकल्पित हुनुपर्दछ । समाजवादी क्रान्तिको रणनीतिक लक्ष हासिल गर्न तदनुरुपको रणनीतिक योजना र कायनीतिक श्रृङ्खलाका साथ अघि बढ्न नेपालका कम्युनिष्टहरु एकठाउँमा नउभिने हो भने ओलीको प्रतिगमन झन बलियो हुने छ ।

कम्युनिष्ट आन्दोलन र उपलब्धी ध्वस्त गर्न उद्धत ओलीको दोस्रो ज्ञानेन्द्र तानाशाही कदम परारस्त गर्न सबै एकठाउँ उभिनु पर्ने आवस्यकता अब निश्चयनै छ । अनिमात्र समाजवादी क्रन्तिको नयाँ रणनीतिले माग गरेको क्रान्तिकारी चरित्रयुक्त सुदृढ सर्वहारावर्गीय पार्टीको ऐतिहासिक अवस्यकतालाई पक्कैपनि पूरागर्न सक्ने छ ।

यहाँसम्म आइपुग्दा जनसंघर्षबाट प्राप्त उपलब्धी राजनीतिक रुपमा उल्लेख्य भए पनि आर्थिक दृष्टिले ती उपलब्धीलाई जनताले चुम्न सकेको अवस्था छैन । किसान, मजदुर र श्रमजीविको आर्थिक जीवनमा परिवर्तन महसुस हुन सकेको छैन् ।

युवाहरु बेरोजगार बस्नुपर्ने र विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्यय हुन सकेको छैन । वर्गीय खाडल झन धेरै बढेको बढेइ छ ।
अब ओली सरकारको प्रतिगमन परारस्त गरी समृद्ध नेपालको विशिष्ट योजना सहित यो परिस्थितिको अन्त्य नगर्ने हो भने राजनीतिक परिवर्तनको महत्व झन फिक्का हुदै जाने छ ।

जनयुद्ध दिवसको यो महान र गौरवशाली ऐतिहासिक क्षणमा शहिद, बेपत्ता प्रति हार्दिक श्रद्धाञ्जी तथा घाइते, अपाङ्ग, पूर्व जनमुक्तिसेना, पूर्णकालिन नेता कार्यकर्ता प्रति हार्दिक सम्मान सहित अभिनन्दन ।

तपाईको प्रतिक्रिया