Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २३ माघ २०७७ । झापामा आफ्नै गाडीले किचेर शुक्रबार सहचालकको मृत्यु भएको छ । पश्चिमबाट आएको को१ख ६१६३ नम्बरको बसले किचेर सहचालक भोजपुर घर भई मोरङ बस्दै आएका २४ वर्षीय सन्तोष खुलालको मृत्यु भएको हो ।

मेचीनगर–६ स्थित काँकडभिट्टा बसपार्कमा बसको ढोकाबाट चिप्लिएर लडेपछि पछाडिको टायरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बससहित चालक मोरङका २८ वर्षीय सबिन धिमाललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया