Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, १६ माघ २०७७ । कोभिड-१९ विरुद्धको खोप अभियानको तेस्रो चरणमा झापामा आज ४ सय ४१ जनाले खोप लगाएका छन् । जसमा २ सय ७७ महिला र १ सय ६४ पुरुष रहेका छन् ।

कोभिड १९ विरुद्धको खोप अभियान अन्र्तगत पहिलो प्राथमिकतामा परेका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वंय सेविकाहरु, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी कर्मचारीहरु,पालिकाद्वारा नियुक्त सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरु, कोभिड१९ का कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरुलाई खोप लगाइने जनाइएको छ ।

१८ गते सम्म लगाइने खोपमा जस अन्तर्गत आज मेची अस्पताल भद्रपुर खोप केन्द्रबाट ७४ महिला र ४४ पुरुष गरि १ सय १८ जनाले, अनारमनी नगर अस्पताल बिर्तामोड खोप केन्द्रबाट ६७ महिला र ४३ पुरुष गरि १ सय १० जनाले र दमक अस्पताल खोप केन्द्रबाट १ सय ३६ महिला र ७७ पुरुष गरि २ सय १३ गरि कुल ४ सय ४१ जनाले खोप लगाएको झापा जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाईले जानकारी दिनुभयो । माघ २३ गतेभित्र पहिलो डोज खोप लगाइ सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो डोज खोप लगाएको चार सातापछि अर्थात फागुन १२ गते दोस्रो डोज दिइने छ ।

यसैबीच, झापामा आज हल्दिबारीका १ पुरुष र अर्जुनधाराका १ पुरुष गरी २ जनामा संक्रमण पुष्टी भएको छ । यो सँगै झापामा हालसम्म ४ हजार ६ सय कोरोना संक्रमित पुगेका छन् । हालसम्म ४ हजार ४ सय ३३ डिस्चार्ज भएका छन् ।

सक्रिय संत्रमितको संख्या भने ४१ पुगेको छ भने हालसम्म कोरोनाका कारण १ सय २६ जनाको मृत्यु भएको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । झापfमा हालसम्म ३६ हजार १ सय २५ जनाको पिसिआर गरिसकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया