Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १२ माघ २०७७ । देशभर आज थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय ३३ महिला र २ सय ६ जना पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ सय १ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८ सय ५८ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २० लाख ४८ हजार १ सय १३ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ सय ३२ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा कालिकोट, रुकुम पश्चिम र मुगु गरि ३ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३ हजार २ सय ४० जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २ हजार ५ सय ४ जना र संस्थागत आइसोलेसनमा ७ सय ३६ जना रहेका छन् ।
हालसम्म १ सय ३७ जना संक्रमित आइसियुमा रहेका छन् भने, १९ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १० जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया