Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १० माघ २०७७ । चोरीका ल्याप्टपसहित दुई जनालाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले दुवै जनालाई बिर्तामोड–बुट्टाबारी क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरीले शुक्रवार दमक ७ बस्ने ३० वर्षीय अजय मल्लिक र सोही ठाउँका २० वर्षीय देव परियारलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट एसर र एचपी कम्पनीको २ थान ल्यापटप समेत बरामत गरिएको छ । सस्तो मूल्यमा बिक्री गर्न खोज्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिई सोधपुछ गर्दा ल्यापटप दमक क्षेत्रबाट चोरी गरी ल्याएको अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि ईलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया