Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा, ९ माघ २०७७ । झापाका छुट्टाछुट्टै स्थानबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका-२ का २१ वर्षीय कनैया गनगाई र २० वर्षीय राज कुमार गनगाईलाई ३६ ग्राम ब्राउन सुगरसहित बिहीबार साँझ दमकबाट पक्राउ गरेको हो ।

यसैगरी लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका २ का ३१ वर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपामसहित मेचीनगरबाट पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया