Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ८ माघ २०७७ । देशभर आज थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय २२ महिला र २ सय १४ जना पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ सय २६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २० लाख ३१ हजार ७ सय ५६ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ सय ७२ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु गरि ४ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३ हजार ७ सय ९९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २ हजार ९ सय ७ जना र संस्थागत आइसोलेसनमा ८ सय ९२ जना रहेका छन् ।
हालसम्म १ सय ५० जना संक्रमित आइसियुमा रहेका छन् भने, ३४ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ४ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया