Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ७ माघ २०७७ । देशभर आज थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय १२ महिला र २ सय ६ जना पुरुष रहेका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ सय ८३ डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २० लाख २६ हजार ७ सय २६ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ सय ७२ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु गरि ४ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३ हजार ६ सय ९३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २ हजार ८ सय ६४ जना र संस्थागत आइसोलेसनमा ८ सय २९ जना रहेका छन् ।
हालसम्म १ सय ६५ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३३ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया