Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ७ माघ २०७७ । मेची राजमार्ग अन्तरगत झापाको भद्रपुर-चाराआली सडक खण्डमा टिपरको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ निवासी १८ बर्षिया अन्सु शिवाकोटी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार सो सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे १ ख २५१५ नम्बरको टिपरले पैदलयात्री शिवाकोटीलाई ठक्कर दिएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । साथै उनीसँग हिडेका अर्को पैदलयात्री १८ बर्षिय राहुल बस्नेत घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । घाइते दुवैलाई उपचार लागि बिएण्डसी हस्पिटल बिर्तामोड लगिएकोमा शिवाकोटीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता इलाका प्रहरी कार्यालय धुलाबारीले टिपरसहित चालक टिप्पर तथा टिप्पर चालक भद्रपुर नगरपालिका ९ बस्ने ३२ बर्षिय कोसुमन ओझालाई नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया