Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ६ माघ २०७७ । देशभर आज थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय २९ महिला र २ सय १९ जना पुरुष रहेका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ सय ४१ डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय ५६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २० लाख २१ हजार ७ सय १४ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १ सय ९० व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा सोलुखुम्बु, भोजपुर, नवलपरासी पश्चिम, कालिकोट, रुकुम पश्चिम र मुगु गरि ६ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ३ हजार ७ सय ६४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २ हजार ९ सय २० जना र संस्थागत आइसोलेसनमा ८ सय ४४ जना रहेका छन् ।
हालसम्म १ सय ६१ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३५ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ४ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया