Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

शान्ति सुब्बा

गौरादह, ६ माघ २०७७ । ईलाका प्रहरी कार्यालय गौरादहले नयाँ प्रहरी प्रमुख रमेश कुमार मेहता आउनुभएको अवसरमा आज(मंगलबार)परिचय तथा सुरक्षा सम्बन्धमा सल्लाह सुझाव लिने कार्यक्रम सम्पन्न गरेको छ ।

यसअघि प्रहरी प्रमुखको रुपमा रहेका प्रहरी नायब निरीक्षक नारायण कुँवरको सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको रुपमा मेहताले पुष २६ बाट कार्यालयको जिम्मेवारी सम्हाल्नु भएको हो ।

सो अवसरमा बुद्धीजिवि, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, विभिन्न राजनितिक दलका नेताहरुको उपस्थिती रहेको थियो । उनिहरुले गौरादह नगरपालिका भित्र बढ्दो लागुपदार्थ दुव्र्यसन, स्थानिय स्तरमा घट्ने विभिन्न आपराधिक घट्नाहरु लगायत साइबर क्राइम जस्ता कुराहरुको बारेमा प्रश्न राखेका थिए भने, सल्लाह सुझाव समेत दिएका थिए ।

त्यसअवसरमा कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा पूर्व सांसद दिपक कार्कीले शैक्षिक क्षेत्रमा, व्यवसायिक क्षेत्रमा गौरादह अग्रस्थानमा रहेकोले आपराधिक गतिविधिमा पनि नथाहापाउँदो तरिकाले अगाडि बढ्दै गइरहेको बताउनुहुँदै प्रहरी प्रशासनले शान्ति सु व्यवस्था कायम गर्न निगरानी गर्नुपर्ने, विभिन्न सचेतना जगाउनुपर्ने कार्यक्रमहरु गर्नुपर्ने सल्लाह सुझाव दिनुभयो ।

यस्तै, गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहले प्रहरी प्रशासनले नागरिकहरुको जिउ धनको सुरक्षा, उनिहरुको आवाजको सम्बोधन गनुपर्ने, विद्यालय परिसरका पसलमा मादक पदार्थ, सुर्तिजन्य पदार्थको बेचबिखनलाई नियन्त्रित गर्न सल्लाह सुझाव दिनुभयो ।

यस्तैगरी प्रहरी नायब निरीक्षक मेहताले आफ्नो परिचय दिने क्रममा २०६१ सालमा प्रहरी जवान भएर प्रहरी सेवामा लागेको बताउँदै आफ्नो १६ वर्षको सेवा अवधिमा ४२ जिल्लामा कार्यरत रहेको बताउनुभयो । यस्तै, सबैको प्रश्नको जवाफ दिनुहुँदै मेहताले आफु रहुन्जेल शान्ति सुरक्षा, लागुऔषध, चोरी, डकैती, हत्या, लैंगिक हिंसा, बलात्कारका घट्नामा आफ्नो बुद्धि विवेकले भ्याएसम्म काम गर्ने बताउनुभयो ।

यस्तै, अपराधको सम्बन्धमा जिरो टलरेन्स अपनाउने प्रतिबद्धता जाहेर गर्दै आफु आएदेखि नियमित गस्ती सुरु गरिसकेको बताउनुभयो । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी सहायक निरीक्षक सुवास मिश्रले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया