Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

नगरपालिकाको सहयोगमा १ हजार ८ सय ६२ घरमा सौचालय निर्माण

झापा,२१ असोज । राष्ट्रिय अभियानमा आफ्नो हस्ताक्षर तथा प्रतिबद्धता अनुसार पूर्व निर्धारित पटक पटकका तोकिएका मितिमा खुल्ला दिशा मुक्त घोषणा गर्न असमर्थ झापा जिल्लाको गौरादह नगरपालिकाले ढिलै भएपनि आज खुल्ला दिशा मुक्त नगर घोषणा गरेको छ ।

गौरादह उद्योग वाणिज्य संघको सभाहलमा बृहत घोषणा कार्यक्रमको आयोजनामा नगर प्रमुख रोहित कुमार शाहले खुल्ला दिशामुक्त नगर घोषणा गरेका हुन् ।

नगर स्तरीय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समिति गौरादहले आयोजना गरेको घोषणा सभाहलमा सरसफाई प्रर्वद्धनका लागि गौरादह र फोहर मैला व्यवस्थापन सहित कुनै पनि समयमा कुनैपनि अवस्थामा खुल्ला स्थानमा दिसा नगर्ने जानकारि सहित १३ वटा बुँदामा सामूहिक प्रतिबद्धता वाचन गरि मेयर शाहले खुल्ला दिशामुक्त घोषणा गरे ।

खुल्ला दिशामुक्त क्षेत्र घोषणामा आजबाट गौरादह नगरपालिका झापाको १० औं स्थानीय निकाय भएको छ ।
गौरादह नगरपालिका खुल्ला दिशा मुक्त घोषणा भएको आधिकारिक प्रमाण पत्र कार्यक्रमकी प्रमुख अतिथि झापा जिल्ला समन्वय समिति उपाध्यक्ष मिना पराजुलीले मेयर शाहलाई हस्तान्तरण गरेकी थिईन् ।

गौरादह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सरसफाई निरन्तर चलिरहने प्रक्रिया भएकाले पूर्ण सरसफाई कार्यक्रमलाई निरन्तरता दिन जनचेतना जगाउने कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको समिक्षा प्रतिवेदन पत्र प्रस्तुत गरेका थिए ।

नगरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न गौरादह नगरपालिकाले नगर भित्र बसोबास गर्ने १ हजार ८ सय ६२ घरपरिवारलाई शौचालय निर्माण गर्न ४६ लाख ५५ हजार खर्च गरेको जनाइएको छ । त्यस अवसरमा आफ्नो घरमा उत्कृष्ट शौचालय बनाउने प्रत्येक वडाका ३ जनाका दरले २७ जनालाई पुरस्कार वितरण गरिएको थियो ।

गौरादह नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सहयोग गर्ने सहारा नेपाल तथा अभियानकर्ताहरुलाई सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला समन्वय समिति झापा उपाध्यक्ष मिना पराजुलिले कार्यक्रमको उद्घाटन गर्दै गौरादह खुल्ला दिशा मुक्त भएपनि पूर्ण सरसफाई चुनौतिको विषय रहेकाले यसकालागि नगरपालिकाले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् ।

त्यसअवसरमा नेपाली काङग्रेसका क्षेत्रिय सचीव सूर्यभक्त सिटौला, नेकपाका मदन अधिकारी, युएन हेविटसका विनोद शर्मा, फोकल पर्सन रुद्र न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नगरपालिका उपमेयर गिता भेट्वालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया