Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १ माघ २०७७ । देशभर आज थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय ६१ महिला र २ सय ४२ पुरुष रहेका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ सय ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट २० लाख २ हजार४१ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २ सय ३१ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा रुकुम पश्चिम, कालिकोट, मुगु र बाजुरा गरि४ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४ हजार ४ सय २६ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३ हजार ३ सय २ जना र संस्थागत आइसोलेसनमा १ हजार १ सय २४ जना रहेका छन् ।
हालसम्म १ सय ५२ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३३ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया