Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २९ पुष २०७७ । देशभर आज थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय ८४ महिला र २ सय ६१ पुरुष रहेका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ सय १४ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार १ सय ५४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ९७ हजार ९ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २ सय ३७ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तैगरि ५ सय भन्दा बढि संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने, संक्रमण शुन्य रहेका जिल्लाहरुमा ताप्लेजुङ, रुकुम पश्चिम, कालिकोट, मुगु र बाजुरा गरि ५ जिल्ला रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४ हजार ४ सय ३४ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३ हजार ३ सय २७ जना र संस्थागत आइसोलेसनमा १ हजार १ सय ७ जना रहेका छन् ।
हालसम्म १ सय ४४ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३५ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया