Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २८ पुष २०७७ । सवारी चालक अनुमति पत्र लाइसेन्सको अनलाइन आवेदन फारम भर्न लागू गरिएको कोटा सिस्टम अब हट्ने भएको छ । कोटा सिस्टम हटाउनका लागि सर्भरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बताउनुभयो ।

सेवाग्राहीबाट फारम भर्न कठिन भयो भन्ने गुनासो धेरै आएकाले अनलिमिटेड बनाउन लागेको उहाँले बताउनु भएको हो । यदि तयारी पूरा भए बिहिबारबाट अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि अनलिमिटेड सिस्टम लागु हुनेछ ।

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गते देखि आवदेन खुला गरेको थियो । विभागका अनुसार सेवाग्राहीले बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया