Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, २७ पुष २०७७ । देशभर आज थप ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय ९२ महिला र २ सय ९६ पुरुष रहेका छन् । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय २७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३ सय ९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ८७ हजार ५ सय ५५ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २ सय ३७ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४ हजार ३ सय ७३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १ हजार २ सय ३० जना र संस्थागत आइसोलेसनमा ३ हजार १ सय ४३ जना रहेका छन् ।
हालसम्म १ सय ६३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३७ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप १० जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया