झापा, २६ पुष २०७७ । देशभर आज थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय १३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३ सय ९९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ८२ हजार २ सय ४६ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म २ सय ५७ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ४ हजार ४ सय २२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १ हजार १ सय ७९ जना र संस्थागत आइसोलेसनमा ३ हजार २ सय ४३ जना रहेका छन् ।
हालसम्म १ सय ८१ जना संक्रमित आइसियुमा रहेका छन् भने, ४४ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Comments