Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, २५ पुष २०७७ । गैडें सामुदायिक वन शिवसताक्षी–१० का अध्यक्ष अमृत कार्की र उपाध्यक्ष नन्द बहादुर राय पक्राउ परेका छन् । उनीहरुलाई काठ तस्करी आरोपमा शुक्रवार पक्राउ गरिएको दमक सव डिभिजन वन कार्यालयका प्रमुख एकराज दाहालले जानकारी दिए ।

उनका अनुसार ३२१ क्युफिट साल जातको काठ तस्करी गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउ परेका अध्यक्ष र उपाध्यक्षलाई डिभिजन वन कार्यालय झापाको कार्यलय चन्द्रगडीमा राखिएको छ ।

अध्यक्ष कार्की र उपाध्यक्ष रायको नेतृत्वमा रतुवामाई वृक्षारोपण आयोजनामा सुकेका खडा रुख दुई थान काटेर गोलिया बनाउँदै गर्दा पक्राउ गरिएको हो । उनीहरुले १ थान रुख काटेर गोलिया बनाई गैडे सामुायिक वनको हाताभित्र परालले छोपेर राखेको अवस्थामा फेला पारिएको थियो ।

संयुक्त गस्तीका क्रममा पक्राउ परेका दुवैलाई वन ऐन २०७६ बमोजिम कारवाही हुने दमक सव डिभिजन वन कार्यालयका प्रमुख दाहालले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया