Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, २४ पुष २०७७ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट Real Time Gross Settlement (RTGS) मा आठ वटा विकास बैंक र दुई वटा वित्त कम्पनी थपिएका छन् ।

यसअघि २७ वटा वाणिज्य बैंकहरू आबद्ध रहँदै आएकोमा शुक्रबार देखि थप १० वटा वित्त कम्पनीसमेत प्रत्यक्ष रुपमा आबद्ध भएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो पटक ज्योति, महालक्ष्मी, मुक्तिनाथ, कामना सेवा, गरिमा, सांग्रिला, साइन रेशुंगा र लुम्बिनी विकास बैंक पनि च्त्न्क् मा आबद्ध भएका राष्ट्र बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

यसैगरी, आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स पनि यस प्रणालीमा आबद्ध भएको राष्ट्र बैंकले जनाएको छ । आरटीजीएस प्रणालीमार्फत २ लाख भन्दा बढीको रकम सदस्य बैंक र वित्तीय संस्थाहरू बीच तत्काल भुक्तानी गरिन्छ ।

तपाईको प्रतिक्रिया