Online Bichar
सोमबार, मंसिर ०१, २०८३ | Monday, November 16, 2026

झापा, २४ पुष २०७७ । देशभर आज थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय ८८ महिला र ३ सय ६६ पुरुष रहेका छन् ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको जनाइएको छ ।

यसैगरी, पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार २ सय ६९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ७४ हजार ५ सय ६१ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ३८ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ५ हजार २१ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १ हजार ५ सय ६१ जना र संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ६० जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने सोलुखुम्बु, मुगु र सल्यान गरि ३ जिल्ला कोरोना मूक्त रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म १ सय ८२ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३७ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments