Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २२ पुष २०७७ । मुलुकभर आज थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय ४४ महिला र २ सय ६५ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ सय ९५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ७ सय ६ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ६४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ४२ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ५ हजार १ सय ३३ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १ हजार ६ सय ८ जना र संस्थागत आइसोलेसनमा ३ हजार ५ सय २५ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने सोलुखुम्बु, डोल्पा र मुगु गरि ३ जिल्ला कोरोना मूक्त रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म १ सय ९७ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३० जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया