Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, २१ पुष २०७७ । मुलुकभर आज थप ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय ८४ महिला र ३ सय ३८ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ७८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ५ सय ५१ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ५७ हजार ४ सय ५४ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ४२ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ५ हजार २ सय २५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १ हजार ७ सय १४ जना र संस्थागत आइसोलेसनमा ३ हजार ५ सय ११ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने सोलुखुम्बु र मुगु गरि २ जिल्ला कोरोना मूक्त रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म २ सय ३ जना संक्रमित आइसियुमा रहेका छन् भने, ४४ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया