Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १९ पुष २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्दा पोजिटिभ नतिजा आएका व्यक्तिलाई कोरोना संक्रमित सरह स्वास्थ्य उपचार गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षणमा पोजिटिभ नतिजा आएका व्यक्तिको खोज अनुसन्धान गरी उपचार गराउन आग्रह गर्नुभयो ।

कोभिड-१९ सम्बन्धी एन्टिजेन परीक्षणको निर्देशिकाले एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आउनेलाई कोरोना संक्रमित मानिने जनाइएको छ । सो अनुसार उपचार गर्न मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुलाई निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया