Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १९ पुष २०७७ । मुलुकभर आज थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा १ सय ७५ महिला र २ सय ४६ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ६ सय ३७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ८ सय जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ४८ हजार ५ सय २ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ६७ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ५ हजार ८ सय ४७ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा १ हजार ९ सय ६६ जना र संस्थागत आइसोलेसनमा ३ हजार ८ सय ८१ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने सोलुखुम्बु र मुगु गरि २ जिल्ला कोरोना मूक्त रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म १ सय ९९ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३५ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया