Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठ्माडौं, १८ पुष २०७७ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसभन्दा प्राणघातक भाइरस विश्वमा महामारीका रुपमा फैलनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका आपतकालिन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले कोभिड–१९ अहिलेभन्दा भयानक हुन आवश्यक नरहेको र अर्को प्राणघातक महामारी विश्वभर फैलनसक्ने बताए । मंगलबार रायनले कोभिड–१९ महामारीलाई खतराको घण्टी भनेका छन् । ‘ मिडिया ब्रिफिङका क्रममा उनले भने ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १७ लाख ९९ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् । यसको मृत्युदर शुन्य दशमलव ५ प्रतिशत रहेको आँकलन गरिएको छ, अर्थात् अहिलेसम्म संक्रमित २ सय जनामा एक जनाले ज्यान गुमाएका छन् । स्पेनिस फ्लु पछिल्लो सबैभन्दा घातक महामारी थियो । यसले १९१८ र १९१९ को अवधिमा ५ करोडको ज्यान लिएको थियो । युवाहरुमा मृत्युदर बढी थियो र मृत्यु हुनेमध्ये २० देखि ४० वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी थियो । यसको मृत्युदर २ दशमलव ५५ प्रतिशत थियो । यस्तै महामारी आजको समयमा आएमा खाद्यान्न क्षेत्रका कामदारहरु डरले घरमै बस्ने र सम्भावित रुपमा खाद्यान्न आपूर्ति बन्द भएर मानव सभ्यता नै सटडाउन हुने भय छ ।

महामारीको मध्यमा गत वर्ष जर्ज फ्लोइडको मृत्युको विषयलाई लिएर अमेरिकामा चर्किएको प्रदर्शनले जसरी विश्वव्यापी अस्थिरता निम्त्याएको थियो, त्योभन्दा ठूलो अस्थिरता खाद्यान्न संकटले निम्त्याउनसक्ने अनुमान गरिएको छ । र, यस्तो बृहत्तर अस्थिरताले विश्वभरका सरकारहरुको स्थायित्वलाई खतरामा पार्ने अनुमान गरिएको छ ।

अमेरिका, बेलायतलगायत देशहरुमा खोप लगाउने कार्यक्रम सुरु भएपनि भाइरस हाम्रो जीवनको हिस्साका रुपमा रहिरहनसक्ने रायनले बताए ।

संक्रामक जोखिमहरूका लागि डब्ल्यूएचओको रणनीतिक र प्राविधिक सल्लाहकार समूहका अध्यक्ष प्रोफेसर डेभिड हेमानले पनि स्थानीय स्तरमा यो भाइरस रहिरहने बताएका थिए ।
डल्युएचओकी प्रमुख वैज्ञानिक डाक्टर सौम्या स्वामिनाथनले भनिन्, ‘ खोप लगाउनुको अर्थ सामाजिक दूरी र अन्य सार्वजनिक स्वास्थ सेवाको अन्त्य होइन । गम्भीर लक्षणसहितको कठोर संक्रमण र मानिसलाई मृत्युबाट रोक्ने मनसायका साथ खोप विकास गरिएको उनले बताइन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रियसअसले महामारीको भयावह अवस्था र यसमा भएको सुधार एकैपटक झल्किएको बताए । उनले महामारीको नयाँ स्वरुपले आगामी वर्षका लागि चुनौति थपेको बताए ।एजेन्सी

 

तपाईको प्रतिक्रिया