Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १७ पुष २०७७ । झापामा आज थप १६ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ८ महिला र ८ पुरुष रहेका छन् ।

आज संक्रमण पुष्टीहुनेहरुमा दमकका ४ महिला र ५ पुरुष गरि ९ जनामा, बिर्तामोडका ३ महिलामा, मेचि नगरपालिकामा २ पुरुषमा र कन्काईका १ महिला र १ पुरुषमा गरि कुल १६ जनामा संक्रमण देखिएको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

आज १६ जना थपिएसँगै झापामा हालसम्म संक्रमितको संख्या ४ हजार ५ सय २९ पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया