Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, १६ पुष २०७७ । झापामा आज गौरादहका २ सहित थप १३ जनामा संक्रमण पुष्टी भएको छ । जसमा ३ महिला र १० जना पुरुष रहेका छन् ।

आज संक्रमण पुष्टीहुनेहरुमा गौरादह नगरपालिका-१ र ५ नं. वार्डका १ महिला र १ पुरुष, बिर्तामोडका १ महिला र ३ पुरुष, कन्काईका १ महिला र २ पुरुष, अर्जुनधाराका १ पुरुष, गौरीगंजका १ पुरुष, कमलका १ पुरुष र शिवसताक्षीका १ पुरुष गरि १३ जनामा संक्रमण देखिएको झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारीदिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय १३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ सय ६३ जना रहेको छ । हालसम्म ४ हजार २ सय ११ जना डिस्चार्ज भएका छन् । भने झापामा कोरोनाका कारण हालसम्म १ सय ३१ जनाको मृत्यु भएको छ । हालसम्म ३५ हजार ३ सय ५७ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया