Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १५ पुष २०७७ । मुलुकभर आज थप ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय ४ महिला र ३ सय ७ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ६ सय जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय १० जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख २६ हजार ४ सय ७७ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ६२ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ६ हजार ३ सय जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २ हजार ८ सय २३ जना र संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ७७ जना रहेका छन् ।
यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने महोत्तरी, सर्लाही, सिराहा, मुगु र रुकुम पश्चिम गरि ५ जिल्ला कोरोना मूक्त रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म २ सय १७ जना संक्रमित आइसियुमा रहेका छन् भने, ३७ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ७ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया