Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, १४ पुष २०७७ । मुलुकभर आज थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय ७० महिला र ४ सय ३८ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ३१ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार १ सय ३५ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख २१ हजार ३ सय ६७ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ६५ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ६ हजार ३ सय ९६ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा २ हजार ९ सय ५८ जना र संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ३८ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने महोत्तरी, सर्लाही, सिराहा, मुगु र रुकुम पश्चिम गरि ५ जिल्ला कोरोना मूक्त रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म २ सय २८ जना संक्रमित आइसियुमा रहेका छन् भने, ४० जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ८जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ४० पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया