Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

कमल, १४ पुष २०७७ । झापाको कमलगाउँपालिका ५ स्थित चाँजु टुक्रे सुकुम्बासी बस्तीमा जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्याएको छ ।

गएराति करिव २ बजे तिर ५ वटा संख्यामा आएको जंगली हात्तीले उपद्रो मच्चाउँदा टुक्रेका बसन्त धिमाल, इश्वरी भट्टराई, बलबहादुर विष्ट, सुकमाया लिम्बू,देव लिम्बू र तुलसी वरालको घरमा क्षति पुरयाउँनुका साथै अन्नवाली समेत सखाप पारेको कमल-५ का वडाध्यक्ष डम्बर बहादुर निरौलाले जानकारी दिनुभयो ।

चुरेसंगै नजिकैको रतुवा माईवृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट हात्तीको समूहले एकाएक घर भत्काउन थालेपछि रातभरि त्यहाँ भागाभाग मच्चिएको बताइएको छ । हात्तीले रातभर त्यस क्षेत्रमा त्रास उत्पन्न भएको वडाध्यक्ष निरौलाले वताउनुभयो ।

दमकबाट गएको जनपथ प्रहरी र लखनपुरस्थित सशस्त्र प्रहरीको टोलीसहितका सुरक्षाकर्मीहरुले दुई घण्टा लगाएर हात्तीलाई पूर्वतर्फ नै धपाउन सफल भएका थिए ।

यस्तैगरि, हात्तीले बेलाबेलामा यस्तै दुःख दिँदै आइरहेकोले हात्तिलाई नियन्त्रण गर्नका लागि बाटोभरि बत्तिको व्यवस्था गरिनुका साथै, पटेका पड्काउने बन्दुकको व्यवस्था गरिदिएको कमलगाउँपालिका-५ का वडाध्यक्ष डम्बर बहादुर निरौलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया