Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, १३ पुष २०७७ । झापामा आज ७ महिला र ११ पुरुष गरि थप १८ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा दमकका १ पुरुष, बिर्तामोडका ४ महिला र ३ पुरुष गरि ७ जनामा, भद्रपुरका २ पुरुषमा, कन्काईका ३ पुरुषमा, अर्जुनधाराका १ महिला र २ पुरुष गरि ३ जनामा, बुद्धशान्तिका १ महिलामा, र अन्यमा इलाम ठेगाना भएकी १ महिला गरि १८ जनामा संक्रमण देखिएकोे झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ४ सय ९८ पुगेको छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ४ हजार १ सय ५९ पुगेको छ ।

बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या २ सय ८ जना रहेको जनाइएको छ । कोरोनाका कारण हालसम्म १ सय ३१ जनाको मृत्यु भएको छ भने, झापामा हालसम्म ३५ हजार २ सय ५३ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया