Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ११ पुष २०७७ । मुलुकभर आज थप ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय १३ महिला र २ सय ८७ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ४० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ४ सय ३४ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ५ हजार ८ सय २६ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ६९ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ६ हजार ७ सय ४९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३ हजार ३ सय ४९ जना र संस्थागत आइसोलेसनमा ३ हजार ४ सय जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने मुगु र रुकुम पश्चिम कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म २ सय २८ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५० जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया