Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १० पुष २०७७ । झापामा आज ३ महिला र ५ पुरुष गरि थप ८ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा दमकका २ महिला, बिर्तामोडका १ महिला र २ पुरुष, मेचिनगरका १ पुरुष, कन्काईका १ पुरुष र बाह्रदशीका १ पुरुष गरि ८ जनामा संक्रमण देखिएकोे झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ४ सय ७९ पुगेको छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ४ हजार १ सय ३८ पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या २ सय १० जना रहेको जनाइएको छ । कोरोनाका कारण हालसम्म १ सय ३१ जनाको मृत्यु भएको छ भने, झापामा हालसम्म ३५ हजार १ सय ८६ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया