Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १० पुष २०७७ । मुलुकभर आज थप ६ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय ३७ महिला र ३ सय ७१ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ९२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार १ सय ४२ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १९ लाख ३ सय जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ३ सय ६९ व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ७ हजार ९२ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ३ हजार ७ सय १० जना र संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ८२ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला काठ्माडौं रहेको छ भने मुगु र रुकुम पश्चिम कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म २ सय ४९ जना संक्रमित आइसियुमा रहेका छन् भने, ४६ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ८ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया