Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ९ पुष २०७७ । झापामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल-२ का ७५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको जनाइएको छ । यो सँगै झापामा कोरोना संक्रमण का कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, झापामा आज ९ महिला र १३ पुरुष गरि थप २२ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरुमा गौरादह १ का २ पुरुषमा, दमकका ७ महिला र ९ पुरुषमा, भद्रपुरका १ पुुरुषमा र झापाका २ महिला र १ पुरुष गरि २२ जनामा संक्रमण देखिएकोे फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ४ सय ७१ पुगेको छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ४ हजार १ सय १० पुगेको छ ।

बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या २ सय ३० जना रहेको जनाइएको छ । झापामा हालसम्म ३५ हजार १ सय ५६ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया