Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ८ पुष २०७७ । मुलुकभर आज थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय ७९ महिला र ४ सय ६४ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५ सय ५९ जनाको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १८ लाख ९० हजार ७ सय ४० जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४ सय ९ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ७ हजार ५ सय १५ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ४ हजार १ सय १९ जना र संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ९६ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा काठ्माडौं, र ललितपुर गरी २ जिल्ला रहेका छन् भने, मुगु कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।हालसम्म २ सय ४८ जना संक्रमित आइसियुमा रहेका छन् भने, ५० जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ३ पुगेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया