Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ७ पुष २०७७ । झापामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर१० की ५७ वर्षीया महिलाको नोवेल हस्पिटलमा उपचाररत रहेको बेला मृत्यु भएको जनाइएको छ ।

यो सँगै झापामा कोरोना संक्रमण का कारण मृत्यु हुनेको संख्या १ सय २९ पुगेको झापाका कोभिड-१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, झापामा आज १ महिला र २ पुरुष गरि थप ३ जनामा संक्रमण पुष्टी भएको छ । दमकका १ पुरुषमा र मेचीनगरका १ महिला र १ पुरुष गरि आज ३ जनामा मात्र संक्रमण देखिएकोे फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।
यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ४ सय ४४ पुगेको छ ।

हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ४ हजार १० पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ३ सय ५ जना रहेको जनाइएको छ । झापामा हालसम्म ३५ हजार २७ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया