Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ७ पुष २०७७ । मुलुकभर आज थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ३ सय १० महिला र ४ सय १२ पुरुष रहेका छन् ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको जनाइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ७ हजारको परीक्षण गरिएको छ । आजसम्म पीसीआर विधिबाट १८ लाख ८४ हजार १ सय ८१ जनाको नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४ सय १३ जना व्यक्तिहरु अहिले क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै, देशभर सक्रिय संक्रमित भई ७ हजार ७ सय २९ जना बिरामी उपचाररत रहेका छन् । जसमा होम आइसोलेशनमा ४ हजार २ सय ६४ जना र संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ६५ जना रहेका छन् ।

यस्तैगरी, ५ सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा काठ्माडौं, र ललितपुर गरी २ जिल्ला रहेका छन् भने, मनाङ्ग र मुगु २ जिल्ला कोरोना मूक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ६० जना संक्रमित आइसियुमा रहेका छन् भने, ४८ जना संक्रमित भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा थप ३ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया