Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ६ पुष २०७७ । झापामा आज १२ जनामा जनामा संक्रमण पुष्टी भएको छ । जसमा ४ महिला र ८ जना पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरुमा दमकका २ पुरुषमा, मेचिनगरका २ महिला र १ पुरुषमा, भद्रपुरका १ पुरुषमा, कन्काईका १ पुरुषमा, बुद्धशान्तिका १ पुरुषमा, शिवसताक्षीका १ पुरुषमा, बिर्तामोडका २ महिलामा र बाह्रदशिका १ पुरुषमा गरि थप १२ जनामा संक्रमण देखिएकोे झापाका कोभिड१९ फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ४ सय ४१ पुगेको छ । हालसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या ३ हजार ९ सय ६२ पुगेको छ । बिरामी भई आइसोलेसनमा बसेका सक्रिय संक्रमितको संख्या ३ सय ५१ जना रहेको जनाइएको छ । यस्तै, कोरोनाका कारण हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ । झापामा हालसम्म ३४ हजार ९ सय ४९ जनाको पीसीआर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया